भक्तपुर नगरपालिका-२ व्यासीस्थित आफ्नै कोठामा बसिरहेकी एक बालिकालाई बलात्कार गर्ने प्रयास गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार काभ्रेपलाञ्चोक पनौती नगरपालिका-४ स्थायी घर भई भक्तपुर नगरपालिका २ व्यासी बस्ने ३१ वर्षीय मोहन तामाङलाई पक्राउ गरिएको हो।
फूपूफूपाजुसँग बस्ने गरेकी १३ वर्षीया बालिकालाई कोठामा कोही नभएको मौका पारी तामाङले बलात्कार प्रयास गरेको आरोप छ। बलिकाको मुख थुनेर बलात्कार प्रयास गरिरहेका बेला फूपूफुपाजु पुगेपछि ती व्यक्ति फरार भएका थिए।
घटनाको खबर आएलगत्तै व्यासीमै रहेको प्रहरी टोलीले फरार तामाङलाई पक्राउ गरी भक्तपुर जिल्ला अदालतबाट १० को म्याद थप गरी अनुसन्धान थालेको भक्तपुर प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए।

प्रतिक्रिया