समाज


मलेरियाको औषधि कोरोनाका बिरामीमा प्रयोग गर्न डब्लूएचओले दियो अनुमति

मलेरियाको औषधि कोरोनाका बिरामीमा प्रयोग गर्न डब्लूएचओले दियो अनुमति

नेपालखबर
जेठ २२, २०७७ बिहिबार ४:४,

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोरोना संक्रमितको उपचारमा मलेरियाको औषधि परीक्षण गर्न अनुमति दिएको छ।

यसअघि डब्लूएचओले नै यसो गर्न प्रतिबन्ध लगाएको हाइड्रोक्सीक्लोरोक्विन नामको औषधि कोरोना संक्रमणविरुद्ध चिकित्सकीय परीक्षणका लागि खुला गरेको हो।

योसँगै अब एक सातादेखि प्रतिबन्धित यो औषधिको फेरि ‘क्लिनिकल ट्रायल’ हुने भएको छ। मलेरियाको यो औषधि कोरोना संक्रमितको उपचारमा अहिले पनि विभिन्न देशमा प्रयोग भइरहेको छ।

एक अनुसन्धानले हाइड्रोक्सीक्लोरोक्विन हानिकारक हुने देखाएपछि डब्लूएचओले यसको क्लिनिकल ट्रायल रोकेको थियो। उक्त अनुसन्धानको समीक्षापछि यो औषधिको चिकित्सकीय परीक्षण खुला गरिएको डब्लूएचओले जनाएको छ।

प्रतिबन्धकाबीच अमेरिकाले केही दिनअघि मात्र ब्राजिललाई २० लाख हाइड्रोक्सिक्लोरोक्विन ट्याब्लेट उपलब्ध गराएको थियो।

ब्राजिलमा कोरोना संक्रमितको उपचारमा यो औषधि प्रयोग भइरहेको छ।

यस्तै टर्कीले पनि कोरोना संक्रमितलाई यो औषधि खुवाइरहेको छ। जसको परिणाम उत्साहजनक रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad