समाज


आत्मघाती बम विस्फोटका लागि बालकको प्रयोग, ९ काे मृत्यु १२ घाइते

आत्मघाती बम विस्फोटका लागि बालकको प्रयोग, ९ काे मृत्यु १२ घाइते

नेपालखबर
असार २८, २०७६ शनिबार ८:३,

सो आक्रमणमा परी ९ जनाको मृत्यु भयो भने १२ जना घाइते भएका छन्। नान्गरहर प्रान्तस्थित पाचिरागम जिल्लामा विवाह समारोह जारी थियो।

 सो क्रममा एक बालक त्यहाँ देखा परेको, त्यसको केही क्षणमै बालकले बोकेको आत्मघाती बम विस्फोट भएको अधिकारीहरुले जनाएका छन्।

 आक्रमणको जिम्मा आइएस समूहले लिएको छ। भारतस्थित समाचार संस्था द प्रेस ट्रस्टका अनुसार आक्रमणमा एक कलिला किशोर समावेश थिए।

 तालिवान र सरकारबीच भएको ऐतिहासिक सहमतिको भोलिपल्ट आइएसले अफगानिस्तानमा आक्रमण गरेको हो।

सरकार र तालिवानबीच त्यहाँ द्वन्दलाई कम गर्ने विषयमा सहमति भएको थियो। हाल तालिवान अमेरिकासँग समेत सहमति गरिरहेको छ।

 तालिवानले अमेरिकी सेना अफगानिस्तानबाट पूर्ण रुपमा हटे आफूले आइएसलाई समाप्त गर्ने बताएको थियो।

 तालिवान अफगानिस्तानको विद्रोही समूह हो भने आइएस अफगानिस्तान, इरान, इराक लगायतका मूलुकमा धार्मिक हिंसा भड्काउँदै आएको समूह हो।

 आक्रमणका लागि बालबालिकाको प्रयोग भएपछि संयुक्त राष्ट्रसंघले चिन्ता व्यक्त गरेको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad