ad ad

समाज


सिक्किमलाई ‘बाई–बाई’ नभनिकनै नेपाल फर्के खेमराज

सिक्किमलाई ‘बाई–बाई’ नभनिकनै नेपाल फर्के खेमराज

शैलेन्द्र समदर्शी
जेठ २४, २०७७ शनिबार ९:५,

 सिक्किम नेसनलाइज्ड ट्रान्सपोर्ट (एसएनटी)को बसको सिटमा बसेका कैलालीको लम्की चुहा नगरपालिकाका ३२ वर्षीय खेमराज शर्माको अनुहारमा बेग्लै चमक थियो।

उनको मुहारको भाव हेर्दा नै थाहा हुन्थ्यो उनी आज निकै प्रशन्न छन् भन्ने।

गान्तोक छाड्नुअघि एकपटक उनले चारैतिर नजर दौडाए। यो त्यहीं ठाउँ हो, जहाँ उनी पछिल्ला ४÷५ वर्षदेखि व्यापार गर्न उनी आउने गर्दथे। मौसमी व्यापार गर्ने उनी वर्षको करिब ६ महिना यही बस्ने गर्दथे।

बसको सिटमा उनको मन आत्तिएको छ। आफूले कमाएर गुजारा चलाइरहेको यो ठाउँ छाडेर घर कहिले पुगिएला भन्ने लागिरहेको छ।र बस जतिसक्दो चाँडो गुडोस् भन्ने लागिरहेको छ।

लकडाउनका कारण करिब तीन महिनादेखि उनी घर जान पाएका थिएनन्। व्यापार ठप्प थियो, गान्तोकमा त्यसै बस्न सहज थिएन। कोठामा बन्दीजस्तो भएर बसिरहँदा घरको सम्झना घरिघरि उनको आँखामा नाच्ने गर्थ्यो।

‘घर जान पाउँदाकाे खुसी शब्दमा बताउँनै सकिरहेको छुइनँ’, उनले नेपालखबरसँग भने, ‘लकडाउनले व्यापार ठप्प बनेपछि घर नगई धरै थिएन।’

व्यापार गर्छु भनेर पहिलोपटक सिक्किम पस्दा उनलाई धेरै कुरा बिरानो लागेको थियो। पछि बस्दै जाँदा यस ठाउँसँग उनको सम्बन्ध पनि बाक्लिँदै गयो। सम्बन्ध बढ्दै गएपछि खेमराजको व्यापार पनि बढ्यो।

‘सबै कुरा साम्य बनेपछि फेरि गान्तोक फिर्नेछु। बाई भनिहालेको होइन। मेरो व्यापार यहीं छ’, उनले थपे, ‘गान्तोकसँगको मेरो सम्बन्ध व्यापारको मात्र होइन, आत्मीयता पनि जोडिएको छ।’

गान्तोकमा खेमराजको व्यापार भनेको ब्ल्यांकेटको हो। यसै व्यापार चलाएर उनले ६ जनाको परिवार पालिरहेका छन्।

खेमराज मात्र होइन, उनका क्षेत्रका धेरै गान्तोकमा आएर ब्ल्यांकेटको व्यापार गर्दै आएका छन्।

आजै सिक्किमबाट कैलाली फर्किने ४४ जनामध्ये धेरै जनाको यहाँ ब्ल्यांकेटकै व्यापार रहेको उनीहरू बताउँछन्।

कैलाली लम्की नगरपालिकाकै दिनेश शर्माको पनि गान्तोकमा ब्ल्यांकेटको व्यापार छ। उनीहरू वर्षमा करिब ६ महिना व्यापारकै सिलसिलामा गान्तोकमा रहन्छन् र ६ महिना आफ्ना घरमा।

तर, दशैँ–तिहारपछि गान्तोक आइपुगेका उनीहरू कोरोना भाइरसका कारण जारी लकडाउनले गर्दा घर फर्किनै पाएका थिएनन्।

‘यो बीचमा एकपटक घर जाने समय जुरेको थियो तर व्यापारका कारण घर जान पाइएन्। त्यसपछि त गान्तोकमै थुनिएका थियौं’, २५ वर्षे दिनेश शर्माले नेपालखबरसँग भने।

उनको पनि खेमराजको झैँ मुहार हँसिलो बनेको थियो। दुवै एकैतर्फको सिटमा बसेका थिए।

शनिबार सिक्किमबाट नेपाल फर्किनेहरूमा कैलाली जिल्लाबाट खेमराज र दिनेश मात्र छैनन्। कुल ४४ जना छन्।

सिक्किम सरकारले नेपाल फर्किनेहरूका लागि कुल ६ वटा बसको प्रबन्ध गरेको छ। उनीहरूबाट प्रतिव्यक्ति ३ सय रुपैयाँ बस भाड़ा लिइएको छ। यी ६ वटा बसले उनीहरूलाई भारत–नेपाल सीमा पानीट्यांकीसम्म पुऱ्याउनेछन्।

त्यसपछि उनीहरूलाई आ–आफ्नो गृह नगर पुऱ्याउन नेपाल सरकारले व्यवस्था गरेको बताइएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .