समाज


सर्लाहीमा गोली लागेर मृत्यु भएका भारतीयको परिचय खुल्यो

सर्लाहीमा गोली लागेर मृत्यु भएका भारतीयको परिचय खुल्यो

शैलेन्द्र महतो
जेठ ३०, २०७७ शुक्रबार १२:२४,

सर्लाहीमा सशस्त्र प्रहरीको गोली लागेर मृत्यु भएका भारतीय नागरिकको परिचय खुलेको छ।

पर्सा गाउँपालिका– ३ स्थित नारायणपुर सीमामा शुक्रबार सुरक्षाकर्मीको गोली लागेर भारतको सितामढी जिल्लाको सोनबरसा पिपरा परसाइन पञ्चायत जानकी नगर टोले लालबन्दीका २५ वर्षीय डिकेश कुमारको मृत्यु भएको भारतीय सञ्चार माध्यमले जनाएका छन्।

यस्तै  सोही स्थानका उमेश राम र सहोरबा निवासी उदय ठाकुर गोली लागेर घाइते भएको र उनीहरुको सीतामढीमा उपचार भइरहेको जनाइएको छ।

आक्रमणपछि भएको जवाफी कारबाहीमा भारतीय युवकको मृत्यु भएको प्रहरी दावी गरेको छ। तर, भारतीय सञ्चार माध्यमले भने उनी खेतमा काम गरिरहेको बेला प्रहरीले गोली प्रहार गरी मारेको दावी गरेका छन्।

जबकी भारतीय तस्करहरुको आक्रमणबाट तीन जना सशस्त्र प्रहरी घाइते भएका छन्। सशस्त्र प्रहरीका हल्दार संजय राय, प्रहरी जवान उपेन्द्र पौडेल र रंजन सिंह घाइते भएको शसस्त्र प्रहरी प्रदेश २ का प्रमुख डीआईजी राजु अर्यालले जानकारी दिए। उनीहरुको जिल्ला अस्पताल मलंगवामा उपचार भइरहेको छ।

डीआईजी अर्यालका अनुसार ३०।३५ जना भारतीय तस्करको हुल जबर्जस्ती नेपाल प्रवेश गर्न खोजेपछि अवरोध गरेको थियो। ती तस्करहरुले एक सशस्त्र प्रहरीको गालामा झापड हिर्काउँदै जबर्जस्ती प्रवेश गर्न खोज्दा प्रहरीले हवाई फायर गरेको थियो।

‘भारतीयहरु अझै मानिस बोलाएर प्रहरीमाथि ढुंगामुढा गर्न थाले। हतियार खोसेर भाग्न खोज्दा सशस्त्र प्रहरीले पाँच राउन्ड गोली तिघ्राभन्दा तल प्रहार गर्यो। तब मात्री उनीहरु भागे। नत्र हतियार लुटिन्थ्यो’ डीआइजी अर्यालले नेपालखबरसँग भने, ‘हतियार खोसेर भाग्न खोज्ने एक भारतीय तस्करलाई हामी नियन्त्रणमा राखेका छौं।’

प्रहरीको हतियार खोसेर भाग्न खोज्ने भारती नागरिक सितामढी पिपरा गाउँपञ्चायलत लालबन्दी बस्ने ४५ वर्षका ललन राय रहेको डीआईजी अर्यालले जानकारी दिए ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad