समाज


बाराका पाँच वर्षीय बालकको मृत्युपछि कोरोना संक्रमण पुष्टि

बाराका पाँच वर्षीय बालकको मृत्युपछि कोरोना संक्रमण पुष्टि

नेपालखबर
जेठ ३१, २०७७ शनिबार ७:२७,

उपचारको क्रममा वीरगञ्ज हेल्थ केयर अस्पतालमा मृत्यु भएका बाराका पाँच वर्षीय बालकमा कोरोना संक्रमण पुष्टि भएको छ।

अस्पतालले शुक्रबार उपचारका क्रममा उच्च ज्वरोसहित अस्पताल भर्ना भएका बालकको मृत्यु भएको र आज आएको पीसीआर रिपोर्टमा संक्रमण देखिएको पुष्टि गरेको हो।

अस्पतालका निर्देशक डाक्टर आनन्दकुमार झाले बालकको भेन्टिलेटरमा राखेर उपचार गरेपनि बचाउँन नसकिएको बताए।

अस्पतालका अनुसार शुक्रबार बिहान साढे ११ बजे उपचारका क्रममा ल्याउँदा दुई पटक गरिएको आरटीडी परीक्षणमा नै बालकको पोजिटिभ देखिएको थियो।

 

हिजो बिहान ११:३० बजे बारा निजगडको ५ बर्ष को बालक उपचारको लागि आउदा दुइ चोटि RDT पोजिटिभ देखिदा Isolation मा भर्ना गरि...

Posted by Birgunj Health Care Hospital on Friday, June 12, 2020

त्यसपछि आइसोलेसनसहित भेन्टिलेटरमा राखेर उपचार गर्दा शुक्रबार साँझ ४ बजे ती बालकको निधन भएको हो।

आज पीसीआर रिपोर्ट पनि पोजिटिभ आएपछि शव नेपाली सेनालाई हस्तान्तरण गरिसकेको अस्पतालले जनाएको छ।

बालकको उपचारमा संग्लन चिकित्सकहरु क्वारेन्टिनमा गएको र अस्पतालका सेवाहरु सुचारु भैसकेको निर्देशक डा. झाले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad