पर्सामा एक व्यक्तिले आफ्नै छोरीलाई यौन दुर्व्यवहार गरेका छन्। छोरीलाई यौन दुर्व्यवहार गर्ने ठोरी गाउँपालिका-४ स्याउलीका ३५ वर्षीय एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।
आइतबार राति मादक पदार्थ सेवन गरेर ती व्यक्तिले ११ बर्षीया छोरीलाई यौन दुर्व्यवहार गरेको सूचनाको आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। छोरीको पहिचान खुल्ने भएकाले प्रहरीले आरोपी पुरुषको नाम सार्वजनिक गरेको छैन।
बुवाले गरेको कुकृत्यको विषयमा छोरीले जानकारी गराएपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिएसपी मनोजित कुँवरले जानकारी दिए।
आरोपीलाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखेर अनुसन्धान अघि बढाइएको प्रहरीको भनाई छ।
प्रतिक्रिया