बेइजिङमा लगातार दोस्रो दिन धेरै संक्रमित थपिएका हुन्। यससँगै बेइजिङका दश क्षेत्रहरु फेरि लकडाउन गरिएको चिनियाँ संचारमाध्यमले जनाएका छन्।
समाचार संस्था एएफपीका अनुसार बेइजिङको हेडियान क्षेत्रमा अवस्थित सिनफाडी बजार यतिबेला बन्द गरिएको छ। केहि दिन अगाडि यसै बजारमा ६ जनामा कोरोना संक्रमण देखिएको थियो।
त्यसयता बेइजिङमा स्थानीय संक्रमणको घटना बढेर गएको छ। आइतबार पनि बेइजिङमा ३० भन्दा बढीमा कोरोना पुष्टि भएको थियो।
यही वरपरका दश क्षेत्रहरु हाल लकडाउन गरिएको जनाइएको छ। हाल यस बजार आसपासको हजारौं मानिसलाई कोरोना परीक्षण गर्न लागिएको छ जो बजारमा किनमेलका लागि गएका थिए।
डब्लूएचओले कोरोनाको दोस्रो लहर देखिन थालेको चेतावनी दिइरहँदा चीनमा फेरि कोरोना संक्रमित बढ्दै गएका छन्।
डब्लूएचओले कोरोना संक्रमित घट्ना साथ लकडाउन खुकुलो हुँदा कोरोना फेरि विकराल बन्ने खतरा भएको बताउँदै आएको छ। एजेन्सी
प्रतिक्रिया