भारतमा एकैदिनमा ११ हजार ५ सय २ नयाँ कोरोना संक्रमिथ थपिँदा सोही अवधिमा ३२५ को मृत्यु भएको बीबीसीहिन्दीले जनाएको छ।
यससँगै भारतमा कोरोना संक्रमितको संख्या ३ लाख ३२ हजार ४२४ पुगेको छ। संक्रमितमध्ये हालसम्म ९ हजार ५२० को मृत्यु भइसकेको छ।
हालसम्म १ लाख ६९ हजार ७९८ उपचारपछि स्वस्थ भएका छन्। पछिल्लो समय भारतमा लकडाउन खुकुलो बनाइएको छ।
यसबीचमा भारतमा दैनिक दश हजारभन्दा बढीको संख्यामा कोरोना संक्रमित थपिँदै गएका हुन्।
3
Shares
प्रतिक्रिया