म्याक्रोले फ्रान्समा कोरोनाविरुद्ध अपनाइएका उपायहरु हटाउने पनि घोषणा गरेका छन्।
देशमा कोरोना महामारीको प्रकोप देखिएसँगै आइतबार चौथोपटक देशबासीको नाममा सम्बोधन गरेका म्याक्रोले तीन महिना लामो लकडाउनपछि अब देशको अर्थव्यवस्था फेरि उठाउने बेला भएको बताएका थिए।
सोमबारबाट देशका होटल, रेस्टुरेन्ट तथा केही स्थानका सीमाहरु पनि खोलिने म्याक्रोले बताएका छन्। त्यस्तै जुन २२ बाट विद्यालयहरु खुल्नेछन्।
म्याक्रोले आफ्नो सम्बोधनमा भनेका छन्,‘मानिसहरुले अब सामान्य जीवन सुरुवातको कल्पना गर्न सक्छन्। तर हामीले यो भुल्नु हुन्न कि भाइरस पुरै समाप्त भएको छैन। लमो समयसम्म भाइरस रहिरहन्छ हामीले व्यक्ति–व्यक्तिबीचको दुरीको नियम पालना गर्नुपर्छ।’ एजेन्सी
प्रतिक्रिया