समाज


कोरोनाविरुद्ध सहयोग गर्ने बताउँदै अमेरिकाले भारतलाई सयवटा भेन्टिलेटर पठायो

कोरोनाविरुद्ध सहयोग गर्ने बताउँदै अमेरिकाले भारतलाई सयवटा भेन्टिलेटर पठायो

नेपालखबर
असार ३, २०७७ बुधबार ९:२८,

अमेरिकाले मङ्गलबार यस्तो प्रतिबद्धता व्यक्त गरेको हो। अमेरिकाले पठाएको भेन्टिलेटरहरु बुधबार भारत आइपुगेका छन्। त्यसपछि प्रतिक्रिया दिँदै अमेरिकाले सो धारणा राखेको हो।

अमेरिकाले भारतलाई औषधि उपकहरणहरु प्रदान गर्दै आएको छ। यसै सहयोग स्वरुप अमेरिकाले पनि पछिल्लो पटक भेन्टिलेटरहरु सहयोग गरेको बताइएको छ। यो सहयोगको पहिलो चरण बुधबार भारत पुगेको बताइएको हो।

यी भेन्टिलेटरले भारतका भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने अवस्थामा पुगेका विरामीको ज्यान बचाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

भारतका लागि अमेरिकी राजदूत केनिथ जस्टरले बुधबार युएसएआइडीका तर्फबाट भारतीय रेडक्रम सोसाइटीलाइ बुधबार ती भेन्टिलेटरहरु उपलब्ध गराएका हुन्।

अमेरिकाले भारतलाई औषधीय सामग्रीहरु उपलब्ध गराउने बताएको छ। सोहीबमोजिम अमेरिकाले यो पहिलो चरणमा १०० वटा भेन्टिलेटर पठाएको बताइएको हो रासस/एएनआई

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad