समाज


रोकिएन यमनको हिंसा, बारुदी सुरुङमा परेर २० हुथी विद्रोही मारिए

रोकिएन यमनको हिंसा, बारुदी सुरुङमा परेर २० हुथी विद्रोही मारिए

नेपालखबर
असार २९, २०७६ आइतबार १२:१,

सेनाको विज्ञप्तिमा मारिब प्रान्तको पश्चिमस्थित सेरवाह जिल्लामा हुथी विरुद्ध सेनाले राखेको बारुदी सुरुङमा परेर ती विद्रोही मारिएको उल्लेख छ। बारुदी सुरुङ विस्फोटबाट अरु धेरै विद्रोही घाइते भएका छन्।

सरकारको नियन्त्रणमा रहेको मारिब प्रान्तको सेरवाहमा केही दिनदेखि सरकारी फौज र हुथी विद्रोहीबीच भिषण संघर्ष जारी छ। यसै महिनाको शुरुमा हुथी विद्रोहीले प्रहार गरेको क्षेप्यास्त्रले गभर्नर भवन पूर्णरुपमा क्षतिग्रस्त भएको थियो।

साउदी गठबन्धनको सहयोगमा परिचालित यमनी सरकारी फौज गत अप्रिल २०१५ देखि नै मुलुकको उत्तर, पूर्व र पश्चिमी क्षेत्रमा संघर्षरत छ।

यमनमा सन् २०१४ देखि नै गृहयुद्ध जारी छ। विद्रोहीहरुले राजधानी साना सहित मुलुकका अधिकांश स्थानलाई आफ्नो नियन्त्रणमा लिएका छन्।

सिन्ह्वाका अनुसार यमनी गृहयुद्धका कारण १० हजारभन्दा बढीको ज्यान गइसकेको छ भने तीस लाखभन्दा बढी मानिस विस्थापित भएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad