कोरियाको सरुवा रोग नियन्त्रण केन्द्र केसीडीसीले पहिल्यैदेखि कोरियामा कोरोना भाइरसको प्रभाव कम नभएको बताउँदै आएको थियो।
सोमबार केसीडीसीका निर्देशक जियोङ युन–क्योङले कोरियाले हाल कोरोनाको दोस्रो लहरसँग लडिरहेको बताएका हुन्।
उनले मे महिनाको छुट्टीको समयमा कोरोनाको दोस्रो लहर देखिएको बताए। हाल दैनिक २० भन्दा कम संख्यामा कोरोना संक्रमित देखिन थालेका छन्।
हालसम्म कोरियमा १२ हजार ४३८ मा कोरोनाको संक्रमण पुष्टि भएको छ। त्यहाँ २८० को मृत्यु भइसकेको छ।
कोरोना भाइरसको संक्रमण सुरुवाती चरणमा रहँदा कोरिया कुनै समय कोरोनाले प्रभावित दोस्रो राष्ट्र बनेको थियो।
तरपछि कोरियाले कोरोनाविरुद्ध अपनाएको विधि निकै प्रभावकारी सावित भयो। जसले गर्दा त्यहाँ कोरोनाको संक्रमण दर शुन्यमा झर्यो।
कम मात्रामा हाल नयाँ संक्रमित देखिन थालेपछि कोरियाले उच्च सतर्कता अपनाएको छ। रोयटर्स
Shares

प्रतिक्रिया