ad ad

समाज


भारत-पाकिस्तान झडपमा फेरि अर्का नेपाली गाेर्खा सैनिककाे निधन

भारत-पाकिस्तान झडपमा फेरि अर्का नेपाली गाेर्खा सैनिककाे निधन

शैलेन्द्र समदर्शी
असार ९, २०७७ मंगलबार २:५,

पाकिस्तानी सेनाले गरेको गोलाबारीमा नेपाली गाेर्खा सैनिक मारिएका छन्। 

गुल्मी जिल्ला छत्रकोट गाउँपालिका-५, खर्ज्याङ घर भएका भारतीय सेनाका गोर्खा जवान दीपक कार्कीको निधन भएकाे हाे।

उनी शालिकराम कार्कीका छोरा भएकाे छत्रकोट गाउँपालिकाका अध्यक्ष मधुकृष्ण पन्तले मंगलबार बिहान नेपालखबरलाई जानकारी दिए।

‘उहाँका ससाना तीन सन्तान छन्,’ अध्यक्ष पन्तले भने, ‘उहाँको अन्त्येष्टि गर्न परिवारका सदस्य आज बिहानै भारतको गोरखपुर लाग्नुभएको छ।’

उनी जम्मु कास्मीरको रजौरी जिल्लाको नौशेरा सेक्टरमा तैनाथ थिए। कार्की ३/५ गोरखा राइफल्समा हवल्दार पदमा थिए।

साेमबार बिहान ५ः३० बजे पाकिस्तानी सेनाले गरेको गोलाबारीमा उनी गम्भीर घाइते भएका थिए। केही घण्टापछि उनको मृत्यु भएका हाे। 

भारतीय सेनाका प्रवक्ता लेफ्टिनेन्ट कर्नल देवेन्द्र आनन्दले यसबारे जानकारी गराएका छन्।

‘हवलदार दीपक कार्की एक बहादुर र इमान्दार सिपाही थिए’, आनन्दले भनेका छन्, ‘उनको सर्वोच्च त्याग र कर्तव्य र समर्पणका लागि राष्ट्र उनीप्रति सदैव ऋणी रहनेछ।’

याे पनि: छिमेकको युद्धमा नेपाल तटस्थ, नेपाली भारतका ‘मोहरा’

भारतीय गोरखा रेजिमेन्टमा रहेका नेपालीहरू पाकिस्तान र चीनको सीमा क्षेत्रमा तैनाथ हुँदै आएका छन्। पटक पटक भएका यस्ता झडपमा नेपाली मारिएका छन्।

भारत र पाकिस्तानबीच कम्तीमा चार पटक युद्ध भए। ती सबैमा गोर्खाली सेना लडेका थिए। भारत र पाकिस्तानीबच सन् १९४७–४८ र सन् १९६५ मा कस्मिर युद्ध, सन् १९७१ मा बंगलादेश स्वतन्त्रताको युद्ध र सन् १९९९ मा कारगिल युद्ध भएको थियो।

त्यसैगरी, सन् १९६२ मा भारत र चीनबीच युद्ध भएको थियो। सो युद्धमा पनि गोर्खा सैनिक प्रयोग भएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .