संरक्षणकर्मी डाक्टर नाईअल मक्कानका अनुसार उक्त दक्षिणी अफ्रिकी देशको ओकाभाङ्गो डेल्टा क्षेत्रमा उनका सहकर्मीहरूले गत मे महिनाको आरम्भदेखि ३५० वटाभन्दा बढी हात्तीका शव फेला पारेका हुन्।
तर हालसम्म पनि यति ठूलो संख्यामा हात्तीहरु कसरी मरे भन्ने अझै पत्ता लाग्न नसकेको बताइएको छ।
हात्तीका शवबाट सङ्कलित नमुना परीक्षणका लागि पठाइएको छ र परिणाम आउन अझै केही साता लाग्ने बीबीसीले जनाएको छ।
अफ्रिकामा भएका हात्तीको कुल सङ्ख्याको एकतिहाइ बोत्स्वानामा पाइन्छ।

बोत्स्वानामा वन्यजन्तु संरक्षणमा कार्यरत व्यक्तिहरूले विमानबाट गरेको निरीक्षणपछि मे महिनामा हात्तीको मृत्युबारे सरकारलाई जानकारी दिएको यूकेस्थित न्याश्नल पार्क रेक्क्यू नामक परोपकारी संस्थासँग आबद्ध डा. मक्कानले बीबीसीलाई बताए।
“तीन घण्टाको उडानमा उनीहरूले १६९ वटा शव देखे” उनले भने, “तीन घण्टाको उडानमा त्यति सङ्ख्यामा देखिनु र गन्न सकिनु असामान्य कुरा हो।”
“एक महिनापछि थप अनुसन्धानमा अरू शवहरू चिनियो जसबाट कुल सङ्ख्या ३५० भन्दा बढी भयो” उनी भन्छन्।

प्रतिक्रिया