समाज


नेपालमा पछिल्लो २४ घण्टामा थप ६६४ कोरोनामुक्त, निको हुनेको संख्या ५ हजार नाघ्यो

नेपालमा पछिल्लो २४ घण्टामा थप ६६४ कोरोनामुक्त, निको हुनेको संख्या ५ हजार नाघ्यो

नेपालखबर
असार १८, २०७७ बिहिबार १०:३९,

नेपालमा पछिल्लो २४ घण्टामा थप ६६४ जना कोरोना मुक्त भएर डिस्चार्ज भएका छन्।

बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ६६४ जना संक्रमण मुक्त भएको बताए।

योसँगै उपचारपछि निको भएर घर फर्कनेको संख्या ५ हजार ३२० पुगेको छ।

नेपालमा पछिल्लो २४ घण्टामा थप ४७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

आज संक्रमण पुष्टि हुनेमा १०९ जना महिला र ३६४ जना पुरुष रहेका छन्।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १४ हजार ५१९ पुगेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad