राजनीति


नेकपा स्थायी समिति बैठक ३ घण्टापछि फेरि सुरु, प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी समिति बैठक ३ घण्टापछि फेरि सुरु, प्रधानमन्त्री ओली अनुपस्थित

नेपालखबर
असार १८, २०७७ बिहिबार १०:३७,

आज झण्डै ३ घण्टा रोकिएको नेकपाको स्थायी समिति बैठक फेरि सुरु भएको छ।

बिहीबार बिहान पौने १२ बजेदेखि बसेको बैठक प्रधानमन्त्री केपी शर्मा ओलीले संसद अन्त्य गराउन राष्ट्रपति विद्यादेवी भण्डारीलाई सिफारिस गरेपछि रोकिएको थियो।

त्यसपछि नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति विद्यादेवी भण्डारीले बोलाएपछि शीतल निवास गएका थिए। उनी एक घण्टा १० मिनेट शीतल निवास बसेर फर्किएसँगै बैठक पुनः सुरु भएको हो ।

अहिले सुरु भएको बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री ओली अनुपस्थित छन्।

स्रोतका अनुसार बैठकमा अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ र महासचिव विष्णु पौडेल सहित स्थायी समितिका अन्य नेता रहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad