नेपाली कांग्रेस नेता गगन थापाले संघीय संसदको चालु अधिवेशनको अप्रत्यासित रुपमा अन्त्य गरेकोमा बिरोध गरेका छन्।
उनले सत्तारुढ दल नेकपाका नेताहरुबीचको आन्तरिक विवादको शिकार संसदलाई बनाएको जनाएका छन्।
‘संसदमा थुप्रै विधेयकहरू कार्यसूचीमा र प्रक्रियामा छन,कोभिड–१९ लगायत विभिन्न विषयमा प्रस्ताव दर्ता छन,’ थापाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘पार्टीभित्रको किचलोको अचानोमा संसद।’
संसदलाई छलेर अव कुनै पनि अध्यादेश ल्याउने दुस्प्रयास नगर्न पनि कांग्रेस सांसद थापाले आग्रह गरेका छन्।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले संसद अधिवेशन आजैदेखि अन्त्य गर्ने निर्णय गरेको थियो। मन्त्रिपरिषद्को सो सिफारिश गरेलगत्तै राष्ट्रपति विद्यादेवी भण्डारीले सोहिअनुसार अधिवेशन अन्त्यको जानकारी संसदलाई गराएकी थिइन्।
संघीय संसदको चालु अधिवेशन अप्रत्यासित रुपमा अन्त्य!
विनासकाले विपरित वुद्धि!
संसदमा थुप्रै विधेयकहरू कार्यसूचीमा र प्रक्रियामा छन,कोभिड-१९ लगायत विभिन्न विषयमा प्रस्ताव दर्ता छन।
पार्टीभित्रको किचलोको अचानोमा संसद!
संसदलाई छलेर अव कुनै पनि अध्यादेश ल्याउने दुस्प्रयास नहोस्।
Shares

प्रतिक्रिया