आइसाेलेसनमा उपचार अभावमा मृत्यु भएका किशोर राजु सदाको लागि न्याय माग्दै जनकपुरमा भएकाे प्रदर्शनमा प्रहरीले हवाई फायर गरेकाे छ।
दलित संघर्ष समितिको नेतृत्वमा भएको प्रदर्शनको क्रममा प्रहरीले भीड तितरबितर पार्न केही राउन्ड हवाइ फायर र अश्रुग्यास प्रहार गरेको हाे। संयौको संख्यामा गाउँ–गाउँबाट आएका प्रदर्शनकारी तोडफोमा उत्रिएपछि मुख्यमन्त्री कार्यालय नजिक अश्रुग्यास प्रहार र हवाय फायर गरेको धनुषाका प्रहरी उपरीक्षक रमेश बस्नेतले बताए।
प्रदर्शनकारीहरु मुख्यमन्त्री कार्यालयमा प्रवेश गरि तोडफोड गर्न खोजेका थिए।
आरडीटी रिपोर्ट पोजेटिभ आएपछि जेठ २९ गते प्रादेशिक अस्पताल जनकपुरको आइसोलेशनमा भर्ना भएका धनुषाको हंशपुर नगरपालिका ७ प्रसाहीका १६ वर्षीय किशोर राजु सदाको असार ९ गते प्रादेशिक अस्पताल जनकपुरको आइसोलसनमा मृत्यु भएको थियो।
पछि राजुलाई झाडापखाला समेत लागेपछि कोरोना भन्दै चिकित्सकहरु उनको उपचारमा उदासिन रहे। मृत्युपछि उनमा काेराेना नरहेकाे पुष्टि भएकाे थियाे।




प्रतिक्रिया