समाज


प्रेमिकासँगै नहरमा हाम फालेका सैनिक जवान मृत भेटिए

प्रेमिकासँगै नहरमा हाम फालेका सैनिक जवान मृत भेटिए

गोकुल जोशी
असार २०, २०७७ शनिबार ६:३६,

कञ्चनपुरको भीमदत्त नगरपालिका–१ भाँसीस्थित नहरमा प्रेमिकासँगै हाम फालेका एक युवक शनिबार मृत भेटिएका छन्।

शुक्रवार दिउँसो भीमदत्त नगरपालिका– २ उल्टाखामका २३ वर्षीय राकेश चौधरी र महुलियाकी १९ वर्षीया रेनु चौधरीले नहरमा हाम फालेका थिए। हामफालेका दुईमध्ये युवतीको तत्कालै सकुसल उद्धार भएको थियो भने युवक बेपत्ता थिए।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी अमर थापाका अनुसार नहरमा प्रेमिकासंगै हाम फालेका रोकेशको २२ घण्टापछि शनिवार बिहान शव भेटिएको हो।
प्रहरीको विपद् व्यवस्थापन र नेपाली सेनाको संयुक्त टोलीले हाम फालेको स्थानबाट केही तल युवकको शव फेला पारेको हो।

प्रहरीका अनुसार नहरमा सँगै हाम फालेका युवायुवती प्रेम सम्बन्धमा रहेका थिए। मृतक २३ वर्षीय राकेश चौधरी नेपाली सेनामा कार्यरत थिए। उनी बिदामा घर आएका थिए। युवती भने अध्ययरत रहेकी थिइन्। उनीहरुबीच लामो समयदेखि प्रेम सम्बन्ध रहेको स्थानीयको भनाइ छ।

स्थानीयका अनुसार युवतीले हामफालेपछि युवकले पनि नहरमा हाम फालेका थिए। प्रेममा केही खटपट आएपछि घटना भएकोे प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

‘लामो समयदेखि प्रेम सम्बन्धमा रहेछ, दुवैबीच केही खटपट परेकाले घटना घटेको प्रारम्भिक अनुसन्धानले देखाउँछ’, डिएसपी थापाले भने, ‘घटनाबारे थप अनुसन्धानबाट खुल्ला।’ उनका अनुसार युवायुवतीको घर परिवार, जीवितै उद्धार गरिएकी युवती लगायतसँग सोधपुछ चलिरहेको छ।

जसले युवतीलाई बचाए
नहरमा हाम फालेको देखेपछि भीमदत्त नगरपालिका–१ का वडाध्यक्ष आसेफ कुँवर (भुन्टु)सहित स्थानीयको टोली उद्धारमा जुट्यो र युवतीको जीवितै उद्धार सफल पनि भयो।

घटना लगत्तै उद्धारमा जुटेका कारण युवतीलाई सकुशल उद्धार गर्न सफल भएको वडाध्यक्ष कुँवरले बताए। ‘युवतीलाई बचाउन सके पनि युवकलाई भने सकिएन’, उनले भने।

युवकको शव शनिवार हाम फालेको स्थानबाट केही तल भेटिएको हो। शुक्रवार नहर भएर गइरहेका बेला स्थानीय सुनिल चौधरीले नहरमा हाम फालेको देखेपछि युवतीलाई नहरबाट बाहिर निकालेका थिए, उनी संगै वडाध्यक्ष कुँवर पनि थिए।

‘पानीमा टाउको मात्रै देखिएको थियो। नरेश भाइले पानीबाट निकाले’, वडाध्यक्ष कुँवरले भने, ‘पेटमा पानी भरिएर बेहोस भएकी युवतीको १०/१५ मिनेटमा होस आएपछि उनले नै युवकले पनि आफूसँगै नहरमा हाम फालेको बताएकी थिइन्।’

त्यसपछि वडाध्यक्ष कुँवर, स्थानीय, प्रहरीको विपद् व्यवस्थापन र नेपाली सेनाको संयुक्त टोली खोजीमा लागेको थियो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad