डीएसपीसहित आठ प्रहरीको हत्या गर्ने भारत कानपुरका कुख्यात गुन्डा विकास दुबेविरुद्ध उत्तर प्रदेश सरकारले कडा कारबाही थालेको छ।
त्यस क्रममा आज (शनिबार) उत्तर प्रदेश प्रहरीको टोलीले कानपुरको बिकरु गाउँमा रहेको दुबेको घर जेसीबी लगाएर ध्वस्त बनाएको छ।
बिहीबार राति उनलाई पक्राउ गर्न गएको प्रहरी टोलीलाई बीच बाटामै रोक्न जुन जेसीबी प्रयोग गरिएको थियो, त्यही चलाएर उनको घर भत्काइएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। भनिन्छ– दुबेले त्यो घर पनि अवैध आर्जनबाट बनाएका हुन्।
— Kamal khan (@kamalkhan_NDTV) July 4, 2020कानपुर में 8 पुलिस वालों की हत्या के आरोपी विकास दुबे के विशाल बंगले पे सरकार ने बुलडोज़र चला दिया।पता चला है कि ये गैर कानूनी ढङ्ग से बना था। pic.twitter.com/flNX3hx3HS
उनको घर भत्काउन ठूलो संख्यामा प्रहरीको टोली शनिबार बिकरु गाउँ पुगेको थियो। टोलीले दुबेको घर भत्काउनाका साथै उनका महँगा गाडीमा पनि बुलडोजर चलाएर कच्याकुचुक बनाइदिएको छ।
— ANI UP (@ANINewsUP) July 4, 2020Kanpur: House of the history-sheeter Vikas Dubey, the main accused in Kanpur encounter case, being demolished by district administration. More details awaited.
8 policemen were killed in the encounter which broke out when police went to arrest him in Bikaru, Kanpur yesterday. pic.twitter.com/gukyZZwfl9
घटनालगत्तै फरार दुबेलाई प्रहरीले अहिलेसम्म पक्राउ गर्न सकेको छैन। उनी र उनका सहयोगी खोजीका लागि २५ भन्दा बढी प्रहरी टोली परिचालन गरिएको कानपुर प्रहरीका महानिरीक्षक मोहित अग्रवालले पीटीआईसँग बताएका छन्। उनले भने, ‘उत्तर प्रदेश (जहाँ दुबेको घर छ) का सबै जिल्लासहित अन्य प्रदेशमा समेत प्रहरीले छापा मारिरहेका छन्।’
प्रहरी महानिरीक्षक अग्रवालले दुबेबारे सूचना दिने व्यक्तिलाई ५० हजार भारतीय रुपैयाँ पुरस्कार दिने घोषणा गरेका छन्। शुक्रबार साँझ प्रहरीले कृष्णापुरस्थित दुबेको अर्काे घरमा पनि छापा मारेको थियो, तर उनी फेला परेनन्।
भारतीय प्रहरीका अनुसार दुबेको समूहको आक्रमणबाट घाइते सात प्रहरीको उपचार एक निजी अस्पतालमा भइरहेको छ। उनीहरूको अवस्था स्थिर रहेको बताइएको छ।
यसैबीच घटनापछि शुक्रबार साँझ कानपुर पुगेका प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले आपराधिक समूहको मुठभेडमा सहिद भएका प्रहरीप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै उनीहरूको सहादत व्यर्थ नहुने बताएका छन्। साथै उनले सहिद प्रहरीका परिवारलाई एक–एक करोड रुपैयाँ आर्थिक सहयोगको घोषणा पनि गरेका छन्।
याे पनि:
भारतमा अपराधी पक्रन गएका डीएसपीसहित ८ प्रहरी मारिए
स्थानीय पत्रकारको बयानः भारत कानपुरका गुन्डा विकास दुबेले यसरी मारे ८ प्रहरी

प्रतिक्रिया