समाज


चीनसँगको विवादबीच दक्षिण चीन सागरमा अमेरिकाले पठायो विमान वाहक पानीजहाज

चीनसँगको विवादबीच दक्षिण चीन सागरमा अमेरिकाले पठायो विमान वाहक पानीजहाज

नेपालखबर
असार २१, २०७७ आइतबार १०:०,

यस विवादित जलक्षेत्रमा चीनले सैन्य अभ्यास गरिरहेको समयमै अमेरिकाले विमान वाहक पानीजहाज पठाएको हो।

अमेरिकी नौसेनाले शनिबार भनेको छ,‘स्वतन्त्र र खुला हिन्द–प्रशान्त क्षेत्रको समर्थनमा अमेरिकी नौसेनाले सैन्य अभ्यास गर्दैछन्।’

चिनियाँ जनमुक्ति सेनाले विवादित पार्सेल टापुको आसपास पाँच दिने सैन्य अभ्यास गरिरहेका छन्। भियतनाम र फिलिपिन्सले चिनियाँ अभ्यासको विरोध गरिरहेका छन्।

चिनियाँ कदमले क्षेत्रीय तनाव झनै बढ्दै बताइरहेको अमेरिकाले पनि यस क्षेत्रमा सैन्य अभ्यास गर्न लागेको हो।

पेन्टागनले बिहिबार भनेको थियो,‘चीनको गतिविधिले दक्षिण चीन सागरको अवस्थालाई झन् धेरै अस्थिर बनाउँछ।’ चिनियाँ कदम उसैको प्रतिबद्धता र सम्झौताको उल्लंघन भएको पनि पेन्टागनले बताएको थियो।

USS Forrestal Fire and Safety Programs Instituted by Navy in its Wake

चीन र अमेरिकी सेनाले विवादित जल क्षेत्रमा एकैपटक सैन्यअभ्यास गर्नुलाई विश्वभर चासोका साथ हेरिएको छ। चीन र अमेरिका दुवै देश एसिया–प्रशान्त क्षेत्रमा आफ्नो प्रभुत्व देखाउने होडमा लागेका छन्।

अमेरिकाले हालको सैन्य अभ्यास पहिल्यैदेखि तय भएको र पछिल्लो सयम बढ्दो राजनीतिक विवादका कारण बताएको छ।

यद्यपी चीनले यस क्षेत्रमा सैन्य अभ्यास गरेपछि नै अमेरिकी सेनाले सैन्य अभ्यास गर्न लागेको हो।

चिनियाँ सैन्य अभ्यासपछि अमेरिकी विदेशमन्त्री माइक पोम्पिओले शुक्रबार ट्वीटमा भनेका थिए,‘अमेरिका आफ्ना दक्षिणपूर्वी एसियाली मित्रहरुसँग यो विषयमा सहमत छ कि विवादित समुद्री क्षेत्रमा चीनको सैन्यअभ्यास अत्यधिक उत्तेजक छ। हामी बेइजिङको गैरकानुनी दाबीको विरोध गर्दछौं।’

अमेरिकाले त्यसबेला पनि दक्षिण चीन सागरमा कयौंपटक युद्धपोत पठाएका थियो जुनबेला चिनियाँ सेनाले भियतनाम र मलेसियाबाट आउने माझीहरु र तेल ढुवानी गरिने जहाजलाई अवरोध गर्थे।

यस क्षेत्रमा अमेरिकी सेनाको युद्धक विमान र चिनियाँ विमानले बारम्बार एक अर्कालाई पछ्याई रहन्छन्। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad