अहिले (बुधबार बिहान) सुदूरपश्चिम, कर्णाली, गण्डकी तथा धनुषा, सिराहा, मोरङ, विराटनगर र यसका आसपास क्षेत्रमा पूर्ण बदली रही थोरै स्थानमा मेगगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
बाँकी क्षेत्रमा भने मौसम आंशिक बदली भएको महाशाखाले बुधबार बिाहन जारी गरेको बुलेटिनमा उल्लेख छ।
महाशाखाका अनुसार आज दिउँसो मुलुकका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ। सुदूरपश्चिम, ५ नम्बर, गण्डकी, बागमती, २ नम्बर र १ नम्बर प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
यसैगरी राति पनि प्रदेश ५, गण्डकी प्रदेश, बागमती प्रदेश, प्रदेश २ र प्रदेश १ का धेरैजसो तथा बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेशका थोरै स्थानमा र प्रदेश ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै महाशाखाले भनेकाे छ:
‘देशका धेरैजसो स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना र सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, प्रदेश ५, गण्डकी प्रदेश, , बागमती प्रदेश, प्रदेश २ र प्रदेश १ का थोरै स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको हुँदा उक्त प्रदेशका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू-क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल/पानीको राम्रो निकास नभएका ठाउँमा डुबानसमेत हुन सक्ने भएका आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।’
बुधबार बिहान ६ बजे माैसम पूर्वानुमान महाशाखाले प्रकाशन गरेकाे तीन दिनसम्मकाे माैसम अनुमान:


प्रतिक्रिया