नवनियुक्त प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले दर्ज्यानी चिह्न लगाएका छन्। गृह मन्त्रालयमा बिहीबार आयोजित एक कार्यक्रममा गृहसचिव महेश्वर न्यौपानेले थापालाई दर्ज्यानी चिह्न प्रदान गरेका हुन्।
थापा मंगलबार नेपाल प्रहरीको २८औं प्रहरी महानिरीक्षक (आईजीपी) मा नियुक्त भएका थिए। सरकारले वरिष्ठताका आधारमा थापालाई आईजीपीमा बढुवा गर्ने निर्णय गरेको हो।
आईजीपी ठाकुरप्रसाद ज्ञवाली ३० वर्षे सेवाहदका कारण बुधबारदेखि अनिवार्य अवकाशमा जाने भएपछि सरकारले थापालाई वरिष्ठताका आधारमा प्रहरी महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको हो।

थापा प्रहरी प्रशासनको नीति निर्माण तहमा अब्बल मानिन्छन्। थापासँग विभिन्न जिल्लाको प्रहरी प्रमुख भई काम गरेको अनुभव छ भने महानगरीय प्रहरी कार्यालय रानिपोखरी तथा केन्द्रीय प्रहरी प्रवक्ताको जिम्मेवारी पनि सम्हालेका थिए।
यस्तै थापाले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्ज र प्रहरी महानिरीक्षकको सचिवालयमा बसेर समेत काम गरेका छन्। २०४९ साल वैशाख १९ गते प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका थापा अव भने २०७९ वैशाख १८ गतेसम्म प्रहरीको नेतृत्व सम्हाल्नु हुनेछ। थापाले बिहीबारदेखि नै प्रहरी महानिरीक्षकको कार्यभार सम्हालेका छन्।
भिडियाे हेर्नुहाेस्-

प्रतिक्रिया