काठमाडौँमा आज पनि थप दुई जनामा कोरोना पुष्टि भएको छ।
मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले काठमाडौँका थप २ जनामा कोरोना पुष्टि भएको बताए।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा र त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा गरिएको परीक्षणमा काठमाडौँका एक/एक जनामा कोरोना पुष्टि भएको प्रवक्ता गौतमले बताए।
काठमाडौँका २ सहित पछिल्लो २४ घण्टामा नेपालमा थप ११६ जनामा कोरोना पुष्टि भएको छ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार ६१ पुगेको छ।
त्यस्तै पछिल्लो २४ घण्टामा ३४ जनामात्रै उपचारपछि निको भएर डिस्चार्ज भएका छन्।
आजसम्म डिस्चार्ज १० हजार ३२८ कोरोना संक्रमित निको भएको प्रवक्ता गौतमले बताए।
आज ४ हजार ३६१ जनाको नमूना परीक्षण गरिएको थियो।
नेपालमा हाल २४ हजार ७१६ जना क्वारेन्टिनमा रहेको प्रवक्ता गौतमले जनाकारी दिए।

प्रतिक्रिया