इरानी रक्षा मन्त्रालयका पूर्व कर्मचारी रहेका उनले अमेरिकी गुप्तचर एजेन्सीका लागि जासुसी गर्ने गरेको पाइएको थियो।
अदालतले दोषी ठहर्याएपछि उनलाई मृत्युदण्डाको फैसला गरिएको थियो।
इरानी न्यायिक व्यवस्थाका प्रवक्ता घोलामहोसेन इस्माइलले मंगलबार ती जासुसी गर्ने व्यक्तिलाई गतहप्ता फाँसी दिएको जानकारी दिएका हुन्।
इस्माइलका अनुसार ती व्यक्तिले इरानी क्षेप्यास्त्र कार्यक्रमको गोप्य जानकारी सीआइएलाई प्रदान गरेका थिए। एजेन्सी

प्रतिक्रिया