नेपालमा पछिल्लो २४ घण्टामा १ सय ८६ जना नयाँ कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा उक्त संख्यामा नयाँ संक्रमित थपिएका हुन्।
आज थपिएकासमेत गरी कुल कोरोना संक्रमित १७ हजार ८ सय ४४ जना पुगेका छन्।
सोसँगै नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या ५ हजार ९ सय २६ जना रहेका छन्।
त्यस्तै पछिल्लो २४ घण्टामा १ सय ७३ जना निको भई घर फर्किएका छन्। मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले उक्त संख्यामा कोभिड१९बाट मानिसहरु निको भएको बताए। योसँगै कोरोनाबाट निको हुनेको संख्या ११ हजार ८ सय ६८ जना पुगेको छ। यो भनेको ६६.५१ प्रतिशत हो।
डा. गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभरका २७ प्रयोगशालामा ४ हजार २ सय १६ जनाको थप पीसीआर परीक्षण गरिएको छ। त्यस्तै क्वारेन्टिनमा रहेकाको संख्या २२ हजार २ सय २८ रहेको उनले जानकारी दिए। आज १ जनामात्रै रेडजोनमा छन्। उनी अर्घाखाँचीका हुन्।
Shares

प्रतिक्रिया