समाज


हिसाबकिताबको विषयमा मेयर र कर्मचारीबीच चर्काचर्की, मेयर अस्पताल भर्ना

हिसाबकिताबको विषयमा मेयर र कर्मचारीबीच चर्काचर्की, मेयर अस्पताल भर्ना

शैलेन्द्र महतो
साउन ५, २०७७ सोमबार ११:२,

धनुषाको गणेशमान चारनाथ नगरपालिकामा मेयर र कर्मचारीबीच चर्काे विवाद भएको छ। आइतबार साँझ नगरपालिका कार्यालयमा मेयर रामबाबु यादवको कार्यकक्षमा कुटाकुटसमेत भएकाे स्रोतले जनाएको छ।

होहल्ला र कुटाकुटपछि मेयर रामबाबु यादव एक अस्पतालमा भर्ना भइ उपचार गराइरहेको स्रोतको दाबी छ।

कार्यालयका एक कर्मचारीले भने ‘ढोकाको चुकुल लगाएर भित्र नगरप्रमुख यादव, प्रमुख प्रशासकीय अधिकृत मित्रप्रसाद काफ्ले, एक इन्जिनियर र लेखाअधिकृतबीच छलफल हुँदै थियो। त्यतिकैकमा जोड जोडले होहल्ला भयो। त्यसपछि ड्यांगड्यांग-डुंगडुंगको आवाज आयो। लगतै मेयर साहेब अस्पताल भर्ना हुनुभो।’

नगरपालिकाभित्र कुटाकुट भएपनि मेयर र कर्मचारीहरु भने ढाकछोपको प्रयासमा लागेका छन्। घटना विषयमा कुरा गर्न खोज्दा प्रमुख प्रशासकीय अधिकृत काफ्लेले आफू एउटा अकास्मिक मिटिङमा रहेको बताउँदै कुरा गर्न मानेनन्।

मेयर एक अस्पतालमा उपचार गराइरहेको एउटा तस्वीर समेत सार्वजनिक भएको छ। मेयर रामबाबु यादवलाई उच्च रक्तचाप भएपछि अस्पताल भर्ना गरिएको उनी निकटकाले दाबी गरेका छन्

घटनाको विस्तृत विवरण आएको छैन भने स्वतन्त्र पुष्टि हुनसमेत बाँकी छ।

असार मसान्त सकिएकाले हरहिसाबको विषयमा विवाद र कुटाकुट भएको हुनसक्ने स्रोतको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad