कोरोना संक्रमण बढेको भन्दै सप्तरी जिल्ला प्रशासन कार्यालयले राजविराजमा आज (बिहीबार) बिहान ५ बजेदेखि अनिश्चितकालका लागि निषेधाज्ञा जारी गरेको छ।
प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले जारी गरेको विज्ञप्तिअनुसार जिल्लामा ४०४ जनाका कोरोना संक्रमण भइसकेको र तीमध्ये राजविराजमा एक जनाको मृत्यु भएकाले यस नगरिपालिकामा अर्काे आदेश नहुँदासम्मका लागि अत्यावश्यक सेवाबाहेक अन्य सबै गतिविधि निषेध गरिएको उल्लेख गरिएको छ।
निषेधाज्ञा उल्लंघन गरे कानुनबमोजिम कडा कारबाही गरिने चेतवानी पनि विज्ञप्तिमा दिइएको छ।
विज्ञप्ति हेर्नुहाेस् :

याे पनि:
नेपालमा थप १०० जनामा कोरोना पुष्टि, सक्रिय संक्रमितको संख्या ५ हजार ३७०
थप २०७ जना कोरोना संक्रमित निको भए, डिस्चार्ज हुनेको संख्या १२ हजा ६८४ पुग्यो

प्रतिक्रिया