घरेलु मैदान एनफिल्डमा लिभरपुलले चेल्सीमाथि ५–३ गोलअन्तरको सनसनीपूर्ण जित निकाल्दै प्रिमियर लिगको ट्रफी उचालेको छ।
यसअघि नै उपाधि पक्का गरिसकेको लिभरपुलका कप्तान जोर्डन हेन्डरसनले बुधबार राति लिजेन्ड सर केन्नी डालग्लिसबाट औपचारिक रुपमा ट्रफी उचालेका हुन।
चेल्सीविरुद्ध २३ औंं मिनेटमा नाबी केईटाको गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए। ट्रेन्ट अलेक्जेन्डर अर्नोल्डले ३८ औं मिनेटमा र त्यसको ५ मिनेटमा जर्जिनियो विजनाल्डमको गोलसँगै लिभरपुलले ३–० को अग्रता बनाएको थियो।
तर पहिलो हाफको अन्तिम मिनेटमा ओलिभर जिराउडले गोल गर्दै चेल्सीलाई खेलमा फर्काउने संकेत गराए।
खेलको ५५ औं मिनेटमा रोबर्टो फिर्मिन्होले लिभरपुलका लागि चौथो गोल गरे। टमी अब्राहमले ६१ औं मिनेटमा र क्रिस्टियन पुलिसिकले ७३ औं मिनेटमा चेल्सीका दुई गोल गरेपछि खेल ४-३ को अवस्थामा पुगेको थियो।
सनसनीपूर्ण बनेको खेल सकिन ६ मिनेट बाँकी रहदा एलेक्स आक्सलेड चेम्बरलेनले गोल गर्दै लिभरपुललाई ५–३ को जित दिलाए।
लिभरपुलले लिगमा एक खेल खेल्न बाँकी रहँदा ९६ अंक जोडेको छ। चौथो स्थानमा धकेलिएको चेल्सीको ६३ अंक छ।

प्रतिक्रिया