संसारभरिको चासो जगाउनको लागि स्वास्थ्य संगठनले स्वास्थ्य संकटकालको घोषणा गरेको हो। उक्त घोषणासँगै समृद्ध राष्ट्रहरूले इबोलासँगको सङ्घर्षमा थप आर्थिक सहयोग गर्ने अपेक्षा गरिएको छ।
डब्लुएचओका अनुसार प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा इबोलाका कारण हालसम्म १६ सय भन्दा बढीले ज्यान गुमाइसकेका छन्।
यसै हप्ता १० लाखभन्दा बढी जनसङ्ख्या रहेको गोमा सहरमा इबोलासम्बन्धी घटनाहरू सार्वजनिक भएपछि थप सतर्कता अपनाइएको बताइएको छ।
यस सङ्कटकाल निकै संवेदनशील खतराको सङ्केत भएको बताइएको छ। यस्तो अवस्था हालसम्म चार पटक मात्र उत्पन्न भएको जनाइएको छ।
विश्व स्वास्थ्य सङ्गठनका अनुसार इबोलाको प्रकोप प्रजातान्त्रिक गणतन्त्र कङ्गोबाट बाहिर फैलिन सक्ने प्रबल सम्भावना छ।
युगान्डा र रुवान्डा उच्च जोखिममा रहेको बताइएको छ। युगान्डामा पनि केही बिरामी फेला परेका छन्। अहिलेसम्म त्यहाँ एक पाँच वर्षीय बालक र उनकी ५० वर्षीया हजुरआमाको मृत्यु भइसकेको छ। रुवान्डामा पनि रोगको जोखिम भएको बताइएको छ। बीबीसी
Shares

प्रतिक्रिया