प्रहरी चौकी गौरीशंकर, सर्लाहीका प्रहरी सहायक निरीक्षक राम विश्वास राय यादवविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले असई यादवविरुद्ध बिहीबार विशेष अदालतमा मुद्दा दर्ता गरेको हो।
यादवले भारतीय नम्बरको मोटरसाइकल नियन्त्रणमा लिई पाँच हजार रुपैयाँ दिए छुटाई दिने भन्दै घुस लिएको अख्तियारले जनाएको छ।
विशेष सूचना एवं उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासबाट खटिएको टोलीले यादवलाई पाँच हजार रुपैयाँ घुस रकमसहित नियन्त्रणमा लिएको थियो।
उनी विरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (क) बमोजिम जरिवाना र कैद सजायको मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप–पत्र दायर गरिएको हो।

प्रतिक्रिया