समाज


प्रदेश २ मा फेरि थपिए ७१ संक्रमित, पर्सामा मात्रै ५० जना

प्रदेश २ मा फेरि थपिए ७१ संक्रमित, पर्सामा मात्रै ५० जना

शैलेन्द्र महतो
साउन १५, २०७७ बिहिबार १२:१४,

पछिल्लो २४ घण्टामा प्रदेश २ मा १९ महिलासहित ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

पर्सामा ५० जना, धनुषामा १४ जना, महोत्तरीमा ४ जना र बारामा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रदेश २ स्वास्थ्य निर्देशनालयका प्रशासक विजय झाले जानकारी दिए।

यससँगै प्रदेश २ मा हालसम्म कोरोना संक्रमितको संख्या ४ हजार ६१५ पुगेको छ।

पछिल्लो २४ घण्टामा प्रदेश २ का ३० जना संक्रमित उपचार पश्चात निको भएर घर फर्किएको निर्देशनालयले जनाएको छ। प्रदेश २ मा हालसम्म कोरोना संक्रमणबाट १२ जनाको मृत्यु भइसकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad