बाँके राष्ट्रिय निकुञ्ज बाँकेका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराई र सहायक संरक्षण अधिकृत बिष्णु रोकायलाई अख्तियारले नियन्त्रणमा लिएको छ।
स्रोत नखुलेको रकमसहित कार्यालयको बा.२ झ १८७३ नं. को गाडीमा बुटवल तर्फ आउँदै गरेको सूचनाका आधारमा अख्तियारले नियन्त्रणमा लिएको हो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलबाट खटिगएको टोलीले भट्टराई र रोकायबाट स्रोत नखुलेको रु तीन लाख ४८ हजार रुपैयाँ र बिभिन्न मितिको बैंक भौचर रु पाँच लाख ५०हजार गरी आठ ९८ अन्ठानब्बे हजार रुपैयाँ बरामद गरेकाे छ।
उनीहरुलाई साेमबार सैनामैना नगरपालिका वडा नं. १० रुपन्देहीबाट नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएकाे अख्तियारले जनाएको छ।

प्रतिक्रिया