समाज


बिहे गर्छु भन्दै १४ वर्षीया किशोरीमाथि करणी, वडाध्यक्ष पक्राउ

बिहे गर्छु भन्दै १४ वर्षीया किशोरीमाथि करणी, वडाध्यक्ष पक्राउ

नेपालखबर
साउन २०, २०७७ मंगलबार ३:५५,

किशोरीलाई करणी गरेको आरोपमा गोरखाको पालुङटार नगरपालिका ४ का वडाध्यक्ष ठाकुरकान्त रानाभाट पक्राउ परेका छन्।

गाउँकै १४ वर्षीया किशोरीलाई विवाह गर्ने प्रलोभनमा बलात्कार गर्दै आएका रानाभाटलाई प्रहरीले सोमबार साँझ पक्राउ गरेको हो। वडाध्यक्ष रानाभाटलाई नियन्त्रणमा लिन पालुङटार क्षेत्रमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो।

‘अभिभावकको उजुरीको आधारमा हामीले उनलाई पक्राउ गरेका हौँ,’ जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी बासुदेव खतिवडाले नेपालखबरसँग भने, ‘पक्राउपछि उनलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ। उजुरीउपर थप अनुसन्धान भइरहेको छ।’

झण्डै ५० वर्षीय रानाभाट विवाहित व्यक्ति हुन्। तर, उनले किशोरीलाई बिहे गर्छु भन्दै लामो समयदेखि पटक–पटक करणी गर्दै आएको पीडित किशोरीका अभिभावकको आरोप छ।

प्रहरीका अनुसार वडाध्यक्ष र किशोरीबीचको सम्बन्ध थाहा भएपछि अभिभावकले वडाध्यक्षविरुद्ध जाहेरी दिएका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad