समाज


रुसले कोरोनाविरुद्धकाे खोप चाँडै ल्याउने भनेपछि डब्लूएचओ सशंकित

रुसले कोरोनाविरुद्धकाे खोप चाँडै ल्याउने भनेपछि डब्लूएचओ सशंकित

नेपालखबर
साउन २०, २०७७ मंगलबार १५:३५,

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोनाविरुद्ध खोपका विषयमा रुसलाई अन्तर्राष्ट्रिय दिशानिर्देश पालना गर्न अपिल गरेको छ।

रुसले यही हप्ता आगामी अक्टोरबरमा सर्वसाधारणलाई लगाउने गरी ठूलो मात्रामा कोरोनाविरुद्ध खोप ल्याउने घाेषणा गरेकाे छ।

डब्लूएचओका प्रवक्ता क्रिस्टियन लिन्डमेयरले मंगलबार भने, ‘कतिपटक कतिपय अनुसन्धानकर्ताले व्यक्तिगत रूपमा आफूले केही सफलता हासिल गरेको बताउने गर्छन्, निश्चित रूपमा यो राम्रो खबर हो। तर प्रभावकारी खोप पत्ता लगाउनु, त्यसबारे तथ्य प्राप्त गर्नु तथा त्यसका सबै चरण पूरा गर्नुबीच ठूलो अन्तर हुन्छ।’

यसको अर्थ रुसले अबको २ महिनाभित्रै (अक्टोबर) मा खोप तयार पार्ने भनेर जसरी भनिरहेको छ, त्यति छोटो अवधिमा खोप सुरक्षित र प्रभावकारी प्रमाणि हुन पूरा गर्नुपर्ने चरण कसरी पूरा हुन सक्ला र भन्ने शंका डब्लुएचओलगायत वैज्ञानिकलाई भइरहेकाे हाे। बीबीसीकाे सहयाेगमा

याे पनिरुसले अबको २ महिनाभित्रै सबैका लागि कोरोनाविरुद्ध खोप ल्याउने भनेपछि वैज्ञानिक चिन्तामा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad