समाज


कपिलबस्तुमा नगरपालिका र बैंकका कर्मचारी नै संक्रमित बन्दै

कपिलबस्तुमा नगरपालिका र बैंकका कर्मचारी नै संक्रमित बन्दै

प्रकाश न्यौपाने
साउन २१, २०७७ बुधबार ७:५६,

कपिलवस्तुमा बैंक र नगरपालिकाका कर्मचारीमा कोरोना संक्रमण भएको छ।

कृष्णनगर नगरपालिकाका २९ वर्षीय सब इन्जिनियर पुरुष र महिला विकास शाखामा कार्यरत ३२ वर्षीया महिलामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ।

कृष्णननगरकै दिव्यानगर स्वास्थ्य चौकीमा कार्यरत २८ वर्षीय पुरुष स्वास्थ्यकर्मीमा भाइरस पोजेटिभ देखिएको छ।

नगरपालिकामा रहेको नेपाल बैंकको शाखामा कार्यरत २ जना कर्मचारीमा पनि कोरोना पुष्टि भएको छ। उनीहरु एक जना पुरुष र एक जना हुन्। नेपाल बैंकको शाखा कार्यालय भने सिल गरिएको छ।

भाइरसको संक्रमण पुष्टि भएका पाँचै जनामा कुनै पनि लक्षण नदेखिएको स्वास्थ्य कार्यालयका फोकल पर्सन कुमार थापाले बताए। ‘उहाँहरु अहिले होम क्वारेन्टिनमा हुनुहुन्छ। आइसोलेसनमा राख्नका लागि तयारी गरिरहेका छौंं’, उनले भने।

उनीहरु सबैको समुदायस्तरमा गरिएको परीक्षणका क्रममा पीसीआर जाँच गरिएको हो। संक्रमितको सम्पर्कमा भएकााहरुको तथ्यांक संकलन गरेर पीसीआर परीक्षण गर्ने तयारी भइरहेको छ। संक्रमण पुष्टि भएका कर्मचारीको सम्पर्कमा गएकाहरु भने सेल्फ क्वारेन्टिनमा बसेको छन्।

 

यस्तै, गरिमा विकास बैंकमा कार्यरत एक कर्मचारीमा कोरोना भाइरस पोजेटिभ भएपछि रुपन्देहीको देवदह नगरपालिकाले भने अत्यावश्यक बाहेकका सेवा बन्द गरेको छ। नगरपालिकाको आकस्मिक बैठकले मंगलबार राति १२ बजेदेखि अर्को निर्णय नभएसम्मका लागि देवदह क्षेत्रमा अत्यावश्यकबाहेक पैदलयात्रीदेखि सवारीका साधनहरु चल्न नदिने, कुनै पनि पेशा, व्यवसाय सञ्चालन नगर्नेसहितका निर्णय गरेको नगर प्रमुख हिराबहादुर केसीले बताए।

तत्कालका लागि खाद्यान्न पसलहरु समेत बन्द गरिएको छ। दूध बोक्ने गाडी चल्ने छन् भने उद्योगधन्दा र अरु सबै व्यापार व्यवसाय पनि बन्द गरिएको छ। बैंकका कर्मचारीसहित करिब २५ जना होम क्वानरेन्टिनमा बसेका छन्।

ती कर्मचारीका परिवार, उनले सेवा लिएको मेडिकल, प्याथोलोजी, बैंकमा सेवा लिन आएका सेवाग्राहीहरु र बैंकका सहकर्मीहरुसहित २५ जनाको पीसीआर परीक्षणका लागि तयारी भएको छ।

यस्तै, भारतसँग सीमा जोडिएको प्रदेश पाँचको अर्को जिल्ला बाँकेमा दिनहुँ कोरोना संक्रमित थपिन थालेपछि यहाँ जारी निषेधाज्ञा अवधि थपिएको छ। कोरोना भाइरस संक्रमणको अवस्था जटिल बन्दै गएपछि आइतबारदेखि लागू निषेधाज्ञा शनिबार राति १२ बजेसम्म थप बढाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad