समाज


३६९ प्रहरीमा कोरोना संक्रमण, कुन प्रदेशका कति?

३६९ प्रहरीमा कोरोना संक्रमण, कुन प्रदेशका कति?

नेपालखबर
साउन २६, २०७७ सोमबार ८:३९,

देशको सुरक्षाको प्रमुख दायित्व बोकेका नेपाल प्रहरीमा कोरोना संक्रमितको संख्या ३६९ पुगेको छ।

हाल देशभर ३६९ प्रहरी कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको छ। प्रहरी प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक कुवेर कडायतले ३६९ संक्रमितमध्ये १४९ प्रहरी निको भएर घर फर्किसकेको र २२० कर्मचारीको देशका विभिन्न अस्पतालमा उपचार भइरहेको जानकारी दिए।

कोरोनाको सक्रिय संक्रमितमध्ये प्रहरी प्रधान कार्यालयका ११६, काठमाडौं उपत्यकाका १४, प्रदेश नं १ का २१, प्रदेश नं २ का ३६, वाग्मती प्रदेशका दुई, गण्डकी प्रदेशका १९, प्रदेश नं ५ का ११ र सुदूरपश्चिम प्रदेशका एकजना छन्। कर्णाली प्रदेशका भने सबै प्रहरी निको भएर घर फर्किसकेका छन्।

आइतबारसम्म नेपालभर कोरोना संक्रमितको संख्या २२ हजार ९७२ पुगेको छ भने १६ हजार ३५३ संक्रमित निको भएर घर फर्किसकेका छन्। यस्तै नेपालभर आइतबारसम्म कोरोना संक्रमणबाट ७५ जनाको मृत्यु भइसकेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad