समाज


बिहारका मुख्यमन्त्रीले मोदीलाई भने - बाढी नियन्त्रणमा नेपालले सहयोग गरेन

बिहारका मुख्यमन्त्रीले मोदीलाई भने - बाढी नियन्त्रणमा नेपालले सहयोग गरेन

नेपालखबर
साउन २७, २०७७ मंगलबार ३:१८,

बिहारका मुख्यमन्त्री नीतिश कुमारले बाढी नियन्त्रणका लागि नेपालले सहयोग नगरेको आरोप लगाएका छन्।

विभिन्न राज्यमा आएको बाढीको बारेमा छलफल गर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आयोजना गरेको भर्चुअल मिटिङमा उनले बाढी नियन्त्रणमा नेपालले सहयोग नगरेको आरोप लगाएका भारतीय समाचार एजेन्सी पिटिआईले जनाएको छ।

‘नेपालका विभिन्न क्षेत्रमा भिषण वर्षाको कारण उत्तरी बिहारमा बाढीले नराम्रोसँग क्षति पुर्यावएको छ’, मोदीसँग नीतिशकुमारले भने, ‘नेपाल र भारतबीच भएको सम्झौताअनुसार बिहारको जलस्रोत विभागले सीमा क्षेत्रमा बढी व्यवस्थापनको कार्य गर्दै आएको छ। तर विगत केही वर्षदेखि यस विषयमान नेपालले पूर्ण रुपमा सहयोग प्राप्त गर्न सकेका छैनौं।’

मोदीले बाढीको विषयमा छलफल गर्न आसाम, बिहार, उत्तर प्रदेश, महाराष्ट्र, कर्नाटक र केरलाका मुख्यमन्त्रीहरुको बैठक राखेका थिए।
बिहारमा डुबानको राम्रो व्यवस्थापन गर्न नसकेको भन्दै नितिश कुमारको आलोचना हुँदै आएको छ।

आगामी हिउँदमा बिहार बिधानसभाको चुनाव हुँदैछ। विपक्षी दलरुले सरकारको कमजोरीले बाढी नियन्त्रण हुन नसकेको आरोप लगाउँदै आएका छन्।

बाढी तथा डुबानको कारण बिहारका १६ जिल्लाको ७४ लाख मानिस प्रभावित हुँदै आएका छन्।

बिहार र उत्तर प्रदेश राज्यका विभिन्न स्थानमा अन्तर्राष्ट्रिय नियम विपरित भारतले एक पक्षीय रुपमा निर्माण गरेका तटबन्ध र सडकका कारण पानीको प्राकृतिक वहाव रोकिदा नेपालतर्फ बर्षेनी डुबान हुँदै आएको छ।

यसप्रति नेपालले पटकपटक आवाज उठाउँदै आए पनि भारतले चासो देखाएको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad