समाज


सिंहदरबारको पूर्वीढोकामा स्यानिटाइजर बुथ स्थापना

सिंहदरबारको पूर्वीढोकामा स्यानिटाइजर बुथ स्थापना

नेपालखबर
साउन २७, २०७७ मंगलबार ९:१४,

काठमाडौँ उपत्यकामा कोभिड–१९ महामारीको जोखिम बढेसँगै स्वास्थ्य सावधानी र सचेतना फैलाउन युवा समूह सक्रिय भएका छन्। कोरोनाको जोखिमलाई दृष्टिगत गर्दै देशको मुख्य प्रशासनिक निकाय सिंहदरबारको पूर्वी ढोका अनामनगरमा स्यानिटाइजरको व्यवस्था गरिएको छ।

फिल्म वितरक तथा जागौँ युवा अभियानका अध्यक्ष करण श्रेष्ठको पहलमा पूर्वी ढोका परिसरमा स्यानिटाइजर बुथ रखिएको हो। उक्त बुथको आज एक कार्यक्रमबीच हास्य कलाकार दीपकराज गिरी, अनामनगर प्रहरी वृत्तका प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेत, गुण सिनेमा प्रालिका सञ्चालक महेशप्रसाद किजु र अभियानका अध्यक्ष करन श्रेष्ठले संयुक्त रुपमा उद्घाटन गरेका हुन्।

सिंहदरबार परिसरमा आवतजावत गर्ने सर्वसाधरणले उक्त बुथबाट हात स्यानिटाइज गर्न सक्नेछन्। जागौँ युवा अभियानद्वारा अनामनगरमा वृक्षरोपनसँगै कोरोना भाइरसको जोखिम बढेसँगै मास्क वितरण र जनचेतना फैल्याउने काम भइरहेको छ। अभियानका अध्यक्ष श्रेष्ठले आफू रहने स्थल र टोलहरुमा सबैले यस्तै स्यानिटाइजर बुथको स्थापना गर्न सकिए कोरोनाको जोखिमलाई केही कम गर्न सकिने बताए। यस्ता अभियानमा युवापुस्तालाई प्रेरित गर्न लागिपरेको पनि उनले बताए।रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad