समाज


नेपाली गार्ड कुटपीट काण्ड : कुटिने नेपालीले इण्डोनेसियाली महिलालाई दुर्व्यवहार गरेको आरोप

नेपाली गार्ड कुटपीट काण्ड : कुटिने नेपालीले इण्डोनेसियाली महिलालाई दुर्व्यवहार गरेको आरोप

नेपालखबर
साउन २७, २०७७ मंगलबार १३:२२,

मलेसियामा नेपाली सुरक्षा गार्डबाटै कुटिएका नेपाली युवालाई पनि प्रहरीले पक्राउ गरेको छ। इण्डोनेसियाली महिलामाथी दुर्व्यवहार गरेको आरोपमा ती नेपाली पक्राउ परेका हुन्।

उनीविरुद्ध इण्डोनेसियाली महिलाले दुर्व्यवहार गरेको भन्दै प्रहरीमा जाहेरी दिएकी थिइन्। ती महिलाले पहिले सुपरभाइजरलाई भनेपछि ती नेपाली सुपरभाइजरले उनीमाथि कुटपीट गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेले दुवै जना प्रहरी हिरासतमा रहेको र उनीहरुमाथी अनुसन्धान भइरहेको बताएका छन्।

यसअघि नै दूतावासले नेपाली सुरक्षा गार्डलाई कुटपिट गर्ने व्यक्ति पनि नेपाली नै भएको पुष्टि गरेको थियो।

मलेसियामा गार्डको रुपमा कार्यरत् नवलपरासीका इस्लाम हुसेनलाई कपिलवस्तुका रामगोपाल मुराउले कुटपिट गरेको भिडियो सार्वजनिक भएको थियो।

त्यसपछि कम्पनीले छानविन गरेर संलग्न व्यक्तिलाई प्रहरीमा बुझाएको थियो। दूतावासको सम्पर्कमा पुगेका कुटाइ खाने व्यक्तिलाई पनि उजुरी परेपछि प्रहरीले हिरासतमा लिएको छ।

एक सुरक्षा गार्ड अमानवीय निर्दयी रुपमा कुटिएको दृष्य सार्वजनिक भएपछि सो भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो।

मलेसियाको अध्यागमन कानुनअनुसार दुवैजना अवैधानिक अवस्थामा रहेको समेत दूतावासले जनाएको छ।

७ जुलाईमा क्वालालम्पुरस्थित एमथ्री मलमा भएको सो घटना छानविन गर्न दूतावासले पहल गरेको थियो।

याे पनि: 
मलेसियामा कुट्ने र कुटाइ खाने दुवै नेपाली भएको पुष्टि

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad