समाज


कोरोना अपडेट : भारतमा एकै दिन थपिए अहिलेसम्मकै धेरै संक्रमित, साढे नौ सयकाे मृत्यु

कोरोना अपडेट : भारतमा एकै दिन थपिए अहिलेसम्मकै धेरै संक्रमित, साढे नौ सयकाे मृत्यु

नेपालखबर
साउन २९, २०७७ बिहिबार १:२२,

पछिल्लो २४ घण्टामा भारतमा विश्वमै सबैभन्दा बढी ६७ हजार भन्दा धेरैमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

वर्ल्डओमिटरका अनुसार पछिल्लो २४ घण्टामा भारतमा ६७ हजार ६६ जनामा संक्रमण पुष्टि भएको छ। यो संख्या भारतमा एकै दिन पुष्टि भएको अहिलेसम्मकै धेरै हो।

संक्रमणको कारण भारतमा बुधबार साढे नौ सयले ज्यान गुमाएका छन्। योसँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४७ हजार एक सय ३८ पुगेको छ। यो बिहीबार बिहान साढे ६ बजेसम्मको तथ्यांक हो।

त्यसैगरी पछिल्लो २४ घण्टामा विश्वभर ६ हजार ६ सय ४६ जनाले काेराेनाकाे कारण ज्यान गुमाएका छन्। सबैभन्दा धेरै अमेरिकामा एक हजार तीन सय ८१ जनाले ज्यान गुमाएका छन्।

त्यसैगरी ब्राजिलमा एक हजार एक सय ६४, मेक्सिकोमा नौ सय २६, कोलम्बियामा तीन सय ६२, दक्षिण अफ्रिकामा दुई सय ५९, अर्जेन्टिनामा दुई सय नौ, इरानमा एक सय ८८, रुसमा एक सय २९ जनाले ज्यान गुमाएका छन्।

पछिल्लो २४ घण्टामा विश्वभर दुई लाख ७४ हजार भन्दा धेरैमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। ब्राजिलमा ५८ हजार भन्दा धेरै, अमेरिकामा ५४ हजारभन्दा धेरै, कोलम्बियामा १२ हजारभन्दा धेरै, मेक्सिकोमा ६ हजारभन्दा धेरैमा संक्रमण पुष्टि भएको छ।

अहिलेसम्म विश्वभर कोरोना संक्रमितको संख्या दुई करोड सात लाख ८६ हजार तीन सय ४९ पुगेको छ भने  संक्रमणकाे कारण सात लाख ५१ हजार पाँच सय ५५ जनाले ज्यान गुमाएका छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad