समाज


काठमाडौं आउन खोज्ने साढे १९ हजार यात्रु नाकाबाटै फर्काइयो

काठमाडौं आउन खोज्ने साढे १९ हजार यात्रु नाकाबाटै फर्काइयो

नेपालखबर
साउन २९, २०७७ बिहिबार १५:८,

प्रहरीले उपत्यका प्रवेश गर्ने नाकाबाट १९ हजार बढी यात्रुलाई फिर्ता पठाएको छ।

लकडाउनको बीचमा अत्यावश्यक काम बिनै काठमाडौं आउन खोज्ने १९ हजार ४ सय ८३ जनालाई फिर्ता पठाइएको गृह मन्त्रालयले जनाएको छ। सवारी साधन अनुमति विना उपत्यका प्रवेश गर्न थप कडाइ समेत गरेको छ।

बिहीबारदेखि सबै जिल्लामा सवारी पास जारी गर्न समेत बन्द गरिएको छ। यो अवधिमा मास्क प्रयोग नगरी हिँड्ने ४ लाख १९ हजार ५३८ जनालाई नियन्त्रणमा लिएको छ।

ती मध्ये ३ लाख ५४ हजार ८२४ जनालाई सम्झाई बुझाई छाडिएको र ३९ हजार ५०७ जनालाई मास्क दिएर पठाएको गृह मन्त्रालयले जनाएको छ। २५ हजार २०७ जनालाई जरिवाना गरी छाडेको छ। हालसम्म अनुमति विना काठमाडौं उपत्यका प्रवेश गर्न खोज्ने ७ हजार ६३५ वटा सवारी फर्काइएको छ।

कोरोना संक्रमण नेपालमा बढ्दै गएको भन्दै संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि थप कडाइ गरिने गृह मन्त्रालयले जनाएको छ। सरकारले गरेका निर्णयलाई प्रभावकारी कार्यान्वयनका लागि गृह मन्त्रालयले मातहत सुरक्षा निकाय तथा सबै जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन दिइसकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad