समाज


मौसम अनुमान : आज केही स्थानमा हल्कादेखि भारीसम्म वर्षा हुने, भोलिबाट अझ बढ्ने

मौसम अनुमान : आज केही स्थानमा हल्कादेखि भारीसम्म वर्षा हुने, भोलिबाट अझ बढ्ने

नेपालखबर
साउन ३०, २०७७ शुक्रबार २:६,

आज (शुक्रबार) देशभर केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन्।

बागमती, गण्डकी, ५ नम्बर र कर्णालीका प्रदेशका एक–दुई स्थानमा भने भारी वर्षाको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार अर्यालले जानकारी दिए।

उनका अनुसार अहिले बिहान पनि पूर्व झापाको दमक आसपास तथा सुदूरपश्चिम प्रदोशका केही स्थानमा हल्का पानी परिरहेको छ। यसबाहेक देशका अन्य स्थानमा मौसम सामान्य बदली छ।

‘कतिपय स्थानमा घाम पनि लागिरहेको छ, जस्तो : काठमाडौं उपत्यकामा अहिले देखिरहनुभएको छ,’ मौसमविद् अर्यालले नेपालखबरसँग भने, ‘आजको मौसम यस्तै रहन्छ, कहिले बादल, कहिले घाम, क्षणिक वर्षा हुने फेरि २–३ घण्टा खुल्ने।’

उनका अनुसार खासगरी दिउँसो ३–४ बजेदेखि बदली र वर्षा अलि बढ्ने देखिन्छ। काठमाडौं उपत्यकामा पनि अबको ३–४ घण्टापछि बदली हुने सम्भावना छ।

यस्तै राति पनि देशभर सामान्य बदली रही धेरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

प्रदेश नं १, बागमती प्रदेश , प्रदेश नं ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका का एक वा दुई स्थानमा भने भारी वर्षाको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले शुक्रबार बिहान ६ बजे जारी गरेकाे मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ।

महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श दिँदै भनेकाे छ : 

‘देशका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १, बागमती  प्रदेश, गण्डकी प्रदेश,  प्रदेश नं ५, कर्णाली प्रदेश  र सुदूरपश्चिम प्रदेशका १-२ स्थानमा भारी वर्षाको समेत सम्भावना देखिएका आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।’

भोलि (शनिबार) बाट वर्षाको मात्रा केही बढ्ने सम्भावना रहेको मौसमविद् अर्यालले जानकारी दिए। उनका नेपालको पश्चिमतर्फ न्यून चापीय रेखा केही नजिक रहे पनि अन्य स्थानमा यो अहिले औसत स्थानभन्दा दक्षिण अर्थात् नेपालदेखि टाढा छ।

‘भोलिदेखि यो रेखा औसत स्थानदेखि अलि माथि सर्ने सम्भावना छ भने भारतको बंगालमा न्यून चापीय क्षेत्र पनि विकास हुने सम्भावना छ,’ उनले भने, ‘जसले गर्दा नेपालमा भोलि र पर्सि वर्षाको मात्रा केही बढ्ने अनुमान छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad