स्पेनिस क्लब एट्लेटिको मड्रिडलाई क्वार्टरफाइनलमा २-१ हराउँदै जर्मन क्लब आरबी लिपजिग च्याम्पियन्स लिग फुटबलको सेमिफाईनलमा प्रवेश गरेको छ।
बिहीबार राति भएको खेलमा जितपछि सेमिफाइनलमा अब लिपजिगले पेरिस सेन्ट जर्मन(पीएसजी)को सामना गर्नेछ।
५०औं मिनेटमा ड्यानियल ओल्मोले हेडमार्फत गोल गर्दै लिपजिगलाई अग्रता दिलाए। ७१औं मिनेटमा जोआओ फेलिक्सले पेनाल्टीमार्फत गोल फर्काउँदै खेल बराबरीमा ल्याए।
खेल सकिन दुई मिनेट बाँकी छदाँ टायलर एडम्सले निर्णायल गोल गरेपछि क्लब स्थापनाको ११ वर्ष मै लिपजिग सेमिफाइनलमा प्रवेश गर्यो।

प्रतिक्रिया