समाज


कुखुराको मासुमा पनि कोरोना भाइरस !

कुखुराको मासुमा पनि कोरोना भाइरस !

नेपालखबर
साउन ३०, २०७७ शुक्रबार २:४६,

कुखुराको मासुमा पनि कोरोना भाइरस पाइएकाे छ।

सीएनएनका अनुसार ब्राजिलबाट चीनको सेन्जेन ल्याइएका फ्रोजन गरिएको कुखुराको पखेटामा कोरोना भाइरस भेटिएको अधिकारीले बताएका छन्।

आयातित खाद्यवस्तुको स्क्रिनिङका क्रममा बुधबार कुखुराको पखेटाको नमुना लिएर परीक्षण गर्दा कोरोना भाइरस पाइएको हो।

समाचार संस्था रोयटर्सका अनुसार त्यसकाे सम्पर्कमा आएका व्यक्तिको परीक्षण गर्दा उनीहरूमा भने संक्रमण नपाइएकाे सेन्जेनका स्वास्थ्य अधिकारीले बताएका छन्।

कोरोना भेटिएको ब्रान्डका अन्य उत्पादनको पनि खोजी भइरहेको र ब्राजिलबाट आयात गरिएको चिकन विंग्स स्टोर गरिएका स्थानलाई निर्मलीकरण गरिररहेको पनि अधिकारीले जनाएका छन्।

हालसम्म कुनै पनि खाद्यवस्तुबाट कोरोना सरेको प्रमाण पाइएको छैन। विश्व स्वास्थ्य संगठनका अनुसार खाद्यवस्तुबाट कोरोना सर्ने सम्भावना निकै कम छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad