समाज


जुगलमा पहिरोले ठूलो जनधन क्षतिको खबर आएपछि सभामुख सापकोटा हेलिकप्टरमार्फत घटनास्थल प्रस्थान

जुगलमा पहिरोले ठूलो जनधन क्षतिको खबर आएपछि सभामुख सापकोटा हेलिकप्टरमार्फत घटनास्थल प्रस्थान

नेपालखबर
साउन ३०, २०७७ शुक्रबार ३:०,

सिन्धुपाल्चोकको जुगलमा शुक्रबार बिहान गएको पहिरोले धेरै जनधनको क्षति गरेको खबर आएपछि प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा घटनास्थलतर्फ प्रस्थान गरेका छन्।

काठमाडौंबाट केहीबेर अघि उनी हेलिकप्टरमार्फत घटनास्थलतर्फ प्रस्थान गरेका हुन्।

‘पहिरोमा २५ देखि ३० घर पुरिएको खबर आएको छ,’ सभामुख सापकोटासँगै रहेका नेकपा सिन्धुपाल्चोकका जिल्ला अध्यक्षसमेत रहेका नेकपाका केन्द्रीय सदस्यमाधव सापकोटाले भने, ‘हामी जाँदै छौँ, अबको केही समयपछि यथार्थ विवरण थाहा होला।’

घटनास्थलमा टेलिफोन सम्पर्क हुन नसक्दा सम्पूर्ण विवरण प्राप्त हुन नसकेको उनले बताए।

सिन्धुपाल्चोकको जुगल गाउँपालिका २ लिदिमा शुक्रबार बिहान करिब चार बजे पहिरो जाँदा कम्तिमा पनि २२ घर पुरिएको प्रहरीले जनाएको छ। पहिरोमा धेरै मान्छे हताहत भएको आशंका गरिएको सिन्धुपाल्चोकका प्रहरी प्रमुख एसपी प्रज्वल महर्जनले जानकारी दिए।

‘कम्तिमा पनि २२ घर पुरिएको खबर आएको छ,’ एसपी महर्जनले शुक्रबार बिहान नेपालखबरसँग भने, ‘घटनास्थल दुर्गम ठाउँमा छ। प्रहरी पुग्न समय लाग्छ। घटनामा धेरै मान्छे हताहत भएको आशंका छ।’

राससका अनुसार जुगल गाउँपालिकाकी उपाध्यक्ष श्रीजना तामाङले पहिरोमा १३ घर पुरिएको र केही थप घर जोखिममा परेको बताइन्।

117765861 642103836511356 5303158440162033150 n

लामा गाउँका १३ घर केही नेखिने गरी पुएिको छ। १५ जना घाइते आफैँ पहिरोबाट निस्किएका र उद्धार गर्न जान सक्ने अवस्था नरहेको स्थानीय आशबहादुर तामाङले बताए। पुरिएका पाँच घरका सबै सदस्य सम्पर्कविहीन छन्। पहिरोमा कति जना पुरिए भन्ने अझै खुल्न बाँकी रहेको तामाङले जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले घटनास्थलमा सेना र प्रहरी पठाएको बताए। जनप्रतिनिधि एवं पार्टी नेतृत्वको टोली हेलिकप्टरसहित उद्धारमा जाँदै गरेको वाग्मती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले जानकारी दिए।

याे पनि सिन्धुपाल्चोकमा पहिरो जाँदा २२ घर पुरिए, धेरै मान्छे हताहत भएको आशंका

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad