समाज


सिराहामा ‘ट्राभल हिस्ट्री’ नभएका युवाको कोरोनाबाट मृत्यु

सिराहामा ‘ट्राभल हिस्ट्री’ नभएका युवाको कोरोनाबाट मृत्यु

शैलेन्द्र महतो
साउन ३०, २०७७ शुक्रबार ३:२८,

कोरोना संक्रमणका कारण सिराहामा थप एक जनाको मृत्यु भएको छ।

सिराहाको विष्णुपुर गाउँपालिका- १ का ४० वर्षीय युवाको कोरोना भाइरसको संक्रमणबाट बिहीबार राति मृत्यु भएको हो।

विराटनगरको कोसी अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय सिरहाका प्रमुख कृष्णदेव यादवले जानकारी दिए।

यादवका अनुसार श्वसाप्रश्वासमा समस्या देखिएपछि मंगलबार ती युवालाई उपचारको लागि विराटनगरको कोसी अस्पताल लगिएको थियो।

उनलाई आइसोलेशनमा राखेर उपचार गर्दैगर्दा मृत्यु भएको जानकारी प्राप्त भएको यादवले बताए। ‘ती युवालाई कोरोना संक्रमण भएको शंकामा आइसोलेशनमा राखेर उपचार सुरु गरेपछि स्वाब संकलन गरिएको थियो,’ यादवले भने, ‘बिहीबार साँझ मात्र ती पुरुषको स्वाब रिपोर्ट पोजेटिभ आयो। रिपोर्ट आएको केहीबेरमै संक्रमितको मृत्यु भयो।’

मृतकको शवलाई सिरहा ल्याएर व्यवस्थपन गर्ने तयारी भइरहेको स्वास्थ्य प्रमुख यादवले बताए।

उनका अनुसार मृतक पुरुषको ट्राभल हिस्ट्री देखिएको छैन। कन्ट्याक्ट ट्रेसिङको काम भने भइरहेको उनले बताए। योसँगै सिरहामा कोरोनाबाट मृत्यु हुनेको संख्या २ पुगेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad