समाज


कालिकोटमा सुतिरहेका बेला मध्यराति पहिरोले घर पुर्दा ६ जनाको मृत्यु

कालिकोटमा सुतिरहेका बेला मध्यराति पहिरोले घर पुर्दा ६ जनाको मृत्यु

नेपालखबर
साउन ३०, २०७७ शुक्रबार ३:५९,

कालिकोटमा सुतिरहेका बेला मध्यराति पहिरोले घर पुर्दा एकै परिवारका ४ जनासहित ६ जनाको मृत्यु भएको छ।

कालिकोट जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी श्यामबाबु ओलियाका अनुसार बिहीबार राति १२ बजेतिर जिल्लाको महाबै गाउँपालिका वडा नम्बर ३ का राजबहादुर विष्टको घर पुर्दा उनको परिवारका ४ सदस्य र दुई छिमेकीसमेतको मृत्यु भएको हो। 

पहिरोमा परी विष्टका दुई छोरा १३ वर्षीय पुष्प, ११ वर्षीय प्रवीण तथा दुई छोरी १८ वर्षीया सविना र १५ वर्षीया आशा विष्टको मृत्यु भएको हो। यसैगरी सोही घरमा सुतेका छिमकी दिलबहादुर विष्टका दुई छोरी १९ वर्षीया शान्ति र १० वर्षीया रेखा विष्टको मृत्यु भएको डीएसपी ओलियाले जानकारी दिए। 

विष्ट दम्पती बाँच्न सफल
एकै घरमा सुतेका भए पनि घरमूली राजबहादुर विष्टका दम्पती भने बाँच्न सफल भएका छन्।

‘टिनको छानो भएको ढलान घर रहेछ,’ डीएसपी श्यामबाबु ओालियाले भने, ‘त्यसमाथि पहिरो खस्दा भुइँतलाभन्दा माथि सुतेका जति टिनको छानाले च्यापिएर मृत्यु भयो तर विष्ट दम्पती भुइँतलामा सुतेकाले पक्की घर भएकाले बाँच्न सफल भएका रहेछन्।’

माथि उल्लिखित ६ जनाको घटनास्थलमै मृत्यु भएको र उनीहरूको शव निकाािलसकिएको जानकारी पनि डीएसपी ओलियाले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad