समाज


जुगलमा पहिरो : ३५ घर पुरिए, अझै यकिन हुन सकेन मृतककाे संख्या

जुगलमा पहिरो : ३५ घर पुरिए, अझै यकिन हुन सकेन मृतककाे संख्या

नेपालखबर
साउन ३०, २०७७ शुक्रबार ५:२७,

सिन्धुपाल्चोकको जुगल गाउँपालिका २ लिदीमा शुक्रबार बिहान गएको पहिरोमा कम्तिमा पनि ३५ घर पुरिएको प्रारम्भिक जानकारी आएको छ।

पहिरोमा पुरिएर कतिको मृत्यु भयो, यकिन तथ्यांक अझै आइसकेको छैन।

हाल घटनास्थलमै रहेका नेकपा सिन्धुपाल्चोकका अध्यक्ष माधव सापकोटाले नेपालखबरसँग भने, ‘पहिरोमा ठूलो जनधनको क्षति भएको छ। मृतकको संख्या यकिन भइसकेको छैन। एउटै घरमा चार पाँच जनासम्म थिए भनेर स्थानीयले बताएका छन्। पहिरोले च्यापिएको अवस्थामा २-३ वटा शव हामीले देखेका छौँ।’

Sindhupalchowk pahiro Aug14 1

घटनास्थलमा अहिले प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटासहितको टोली पुगेको छ।

‘नेपाली सेना र प्रहरी उद्धारमा जुटेका छन्। हामी बेपत्ताको यकिन विवरण संकलन गर्दैछौँ,’ सापकोटाले भने, ‘यहाँ धेरै हताहत भएको अनुमान गर्न सकिन्छ। हामीले पाँच जना घाइतेलाई उद्धार गरेर उपचारमा पठाएका छौँ।’

जुगल गाउँपालिका २ लिदिमा शुक्रबार बिहान करिब साढे ६ बजे पहिरो गएको हो। पहिरो गएपछि १५ जना भन्दा धेरैले भागेर ज्यान जोगाएका छन्।

Sabhamukh pahiro abalokan 1पहिराे गएकाे क्षाेत्रमा पुगेका सभामुख अग्निप्रसाद सापकाेटा।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad